Rule 38
संरक्षण धार्मिक वनको रूपमा सुम्पन सकिने
(१) संरक्षण क्षेत्रभित्रको वन क्षेत्रलाई व्यवस्थापन योजना अनुसार संरक्षण धार्मिक वनको रूपमा व्यवस्थापन गर्न चाहने कुनै धार्मिक संस्था, समूह वा समुदायले सोको दर्ताका लागि अनुसूची–९ बमोेजिमको ढाँचामा वन व्यवस्थापन कार्ययोजनासहित परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन पर्न आएमा परिषद्ले सो सम्बन्धमा आवश्यक जाँचवुझ गर्नेछ र जाँचवुझबाट निवेदनमा उल्लिखित वन क्षेत्र पूरै वा आंशिक रूपमा सुम्पन मनासिब देखेमा त्यस्तो संरक्षण धार्मिक वन दर्ता गरी सम्बन्धित धार्मिक संस्था, समूह वा समुदायलाई सुम्पन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम संरक्षण धार्मिक वन सुम्पदा अनुसूची–१० बमोजिमको ढाँचामा सो सम्बन्धी प्रमाणपत्रसमेत प्रदान गर्नु पर्नेछ ।
(४) संरक्षण धार्मिक वनमा उपलब्ध भएका काठदाउरा धार्मिक स्थलको धार्मिक कार्यमा मात्र उपयोग गर्न पाइनेछ । यसरी उपयोग गर्दा वातावरणमा प्रतिकूल असर पर्ने वा पर्न सक्ने गरी वा जलाधार क्षेत्रमा भू–क्षय हुन सक्ने गरी रुख कटान गर्न सकिने छैन ।